मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु

विराटनगरस्थित मोरङ कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । विराटनगर–१० निवासी ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।

कान दुखेर अस्पतालबाट उपचार गरि ल्याएपछि पुनः समस्या बढेर अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताए ।

बिज्ञापन

शुक्रबार बेलुकादेखि उनको कान दुखिरहेको थियो । कानको दुखाई बढेर रक्तचाप समेत न्यून भएपछि परिवार बोलाएर बिहान १ बजे कोशी अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालबाट उपचार गराएर बिहान ६ बजे उनलाई कारागार ल्याइएको थियो । तर, कारागार ल्याएपछि पुनः समस्या बढदै गएपछि अस्पताल लग्ने क्रममा शनिबार  बिहान  उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख पोखरेलले बताए ।

मोरङ कारागारमा एक साता अघि  पनि एकजना कैदीबन्दीको मृत्यु भएको थियो ।