
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले जबरालाई अदालत प्रवेश गर्न रोकेपछि प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको छ ।

धकेलाधकेल भएपछि प्रहरीले लाठीचार्जसमेत गरेको थियो।
बिज्ञापन



प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनसहित केही घाइते भएका छन्।

यस्तै केही प्रहरी पनि घाइते भएका छन्।