
नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै दैनिक आन्दोलन गर्दै आइरहेको छ ।

कानुन व्यवसायी र न्यायाधीशहरूको ‘बेन्च वहिष्कार’ का बाबजुद सोमबारका लागि २९८ मुद्दाको पेसी तोकिएको छ ।
बिज्ञापन



सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बेन्च वहिष्कार गर्दै आएका छन् । ती मुद्दालाई विभिन्न १० इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

प्रधानन्यायाधीश जबरा पनि इजलासमा बस्ने भएका छन् । उनलाई बार एशोसिएशनले इजलासमा नबस्न यसअघि नै सुझाव दिएको थियो ।