
दमक/नेपाली कांग्रेस पार्टी भित्र युवा नेतृत्वको आवश्यकता महसुस भइरहदा झापाका चर्चित युवा , लामो समयदेखि स्वास्थ्य तथा प्राविधिक शिक्षाका क्षेत्रमा अनुभव सम्हालेका झापा दमक ५ का इश्वर कार्की नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रतिनिधिका लागि उम्मेदवार बन्दैछन ।

लामो समय नेपाली कांग्रेस पार्टी भित्र रहेर काम गरिसकेका कार्की पार्टी भित्रै पनि लोकप्रिय मानिन्छन् ।२०४६ साल देखि नै पार्टीको भातृ संगठन नेपाल बिद्यार्थी संघबाट राजनीति शुरु गरेका कार्कीले २०४९ सालमा नेविसंघको केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारको सभापतिसम्म चलाएर आफ्नो राजनीतिक क्षमता देखाइ सकेका छन् ।



नेपाली कांग्रेस पार्टीलाई नेपाली जनताको आधुनिक, लोकतान्त्रिक, समावेशी र समाजवादी लोकप्रिय पार्टीका रुपमा रुपान्तरणका लागि आफनो ज्ञान, विवेक र अनुभवको उपयोग गर्न आफू महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेको कार्कीको दाबी छ ।

हाल नेपाली कांग्रेस झापाको स्वास्थ्य विभागको सहसंयोजक समेत रहेका कार्की आफ्नो उम्मेदवारीको महत्वलाई कांग्रेस र कांग्रेस कार्यकर्ताहरुले सहज रुपमा लिने कुरामा विश्वस्त रहेका छन् ।त्यसको त कार्की झापामा शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका छन् । पार्टी प्रति बफादार कार्की आफ्नो क्षेत्रमा पनि सफल मानिन्छन् , त्यसै कारणले पार्टी भित्रकै ठूलो पंक्ति कार्कीले जित्ने कुरामा विश्वस्त रहेको झापा कांग्रेस भित्र चर्चा छ ।