
काठमाडौं । गएराति नेपालमा थप ४ लाख ९२ हजार डोज कोभिडविरुद्धको अस्ट्राजेनेका खोप आइपुगेको छ ।

कोभ्याक्स संयन्त्र र स्विटजरल्यान्ड सरकारले उपलब्ध गराएको सो परिमाणको खोप नेपाल आइपुगेको हो ।
बिज्ञापन



खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ।

नेपालमा अहिलेसम्म कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन गरेर अहिलेसम्म २ करोड २० लाख ८० हजार ९३० डोज खोप आइसकेको छ।