
रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल तानसेन सडकखण्ड १५ दिनका लागि रातको समयमा बन्द हुने भएको छ ।

उक्त सडकखण्डको दोभान क्षेत्रमा सडक चौडा गर्नका लागि डिभिजिन सडक कार्यालयले रातिको समयमा बन्द गर्ने सूचना जारी गरेको हो ।
बिज्ञापन



डिभिजन सडक कार्यालयका अनुसार कात्तिक २२ गतेदेखि मंसिर ६ गतेसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक ड्युटीका सवारी साधन र एम्बुलेन्सबाहेकका सवारीसाधन सन्चालन नगर्न आग्रह गरिएको छ ।

दिउँसोको समयमा काम गर्दा सवारी जाम हुने भएकाले राति काम गर्न लागिएको निर्माण व्यवसायी बन्दन भगवती महेश सत्यवती जेभीका मनोज गौचनले जानकारी दिए ।