
आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँको गिरावट आएको बताएको हो । महासंघले आजलाई छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ८०० रुपैयाँ तोकेको छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५०० रस तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ थियो ।
बिज्ञापन



हिजो तिहारपछि पहिलो कारोबार दिनका रुपमा खुलेको सुनचाँदी बजारमा सुनको मूल्य एकैपटक १५ सय रुपैयाँले बढेको थियो ।

यसैगरी, सुनको मूल्य घटेको दिन चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको महासंघले बताएको छ ।