मेलम्चीमा फेरि सर्‍यो एमालेकाे अधिवेशन

सिन्धुपाल्चोक : नेकपा (एमाले) मेलम्ची नगरपालिकाको पहिलो नगर अधिवेशन फेरि सरेको छ । यसअघि, कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै कात्तिक १५ गतेका लागि सारिएको छ ।

नगर अधिवेशन आयोजक कमिटीको मंगलबार मेलम्ची बजारमा बसेको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो । नगर संयोजक डम्बरबहादुर अर्यालले आन्तरिक तयारी नसकिएका कारण नगर अधिवेशन सारिएको जानकारी दिए ।

बिज्ञापन