
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले नाला तथा ढल निर्माणमा अनियमितता भएको भन्दै नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई अर्धनग्न बनाएर जनकपुरधाम नगर घुमाएका छन् ।

अविरल वर्षात्का कारण जनकपुरधाम जलमग्न भएपछि जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरूको आक्रोशित भीडले निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गरेका हुन् ।



निमित्त प्रमुख यादवलाई उनीहरूले जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रूपमा दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।

जनमत पार्टीका नेता कार्यकर्ताहरूले प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहविरुद्ध चर्को नारावाजीसमेत गरेका थिए । यो घटना घटिरहँदा प्रहरी प्रशासन भने दर्शक भएको थियो ।