
काठमाडौं । कांग्रेस नेता गगन थापाले बाढीपहिरोले अस्तव्यस्त भएका नागरिकलाई अभिभावक भएको आभाष दिलाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिन समेत आग्रह गरेका हुन् ।
बिज्ञापन



थापाले भनेका छन् ‘केही दिन देखिको वर्षाका कारण सुदूरपश्चिम लगायत देशका कयौँ ठाउँमा बाढी, पहिरोले जनजीवन अस्तव्यस्त भएको छ । यो बेला नै हो, सरकारले अभिभावक भएको आभास दिलाउने ।’

नेता थापाले दुःखमा सबैलाई समानुभूतिको महसुस गराउनसमेत आग्रह गरेका छन् । ‘प्रधानमन्त्रीज्यू आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस, दुःखमा समानुभूतिको महसुस गराउनुहोस्,’ उनले भनेका छन् ।