बाढिपहिरोको संकटबिच २ बजे मन्त्रिपरिषदको आकष्मिक बैठक

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक आज दिउँसो २ बजे बोलाएका छन् ।

आकष्मिक वर्षात र त्यसपछी आएको बाढिपहिरोको कारण देशैभरी ठुलो जनधनको क्षति भएपछी त्यसबारे निर्णय गर्न बैठक बोलाईएको प्रधानमन्त्री कार्यालय श्रोतने जनाएको छ ।

बिज्ञापन

अविरल वर्षाका कारण किसानहरुले खेतमा काटिराखेको धानबालीमा समेत ठुलो क्षति पुगेपछि राहत तथा उद्धारको प्याकेज घोषणा गर्नको लागि मन्त्रिपरिषद् बैठक बोलाईएको श्रोतको भनाई छ ।

बैठकले आजै राहत तथा उद्धारको कार्यक्रम घोषणा गर्नसक्ने श्रोतले बतायो ।

देशैभरी समस्या परेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।