
काठमाडौँ – १० हजार रकम घुस लिँदै गर्दा एक वडा अध्यक्ष पक्राउ परेका छन्।

महोत्तरीको मटिहानी नगरपालिका -५ का वड़ा अध्यक्ष राम बहादुर महतो र उनकै वड़ामा कार्यरत एकजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले पक्राउ गरेको हो।
बिज्ञापन



वडा अध्यक्षलाई एक सेवाग्राहीबाट जन्मदर्ताको विषयमा १० हजार रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार कार्यालय बर्दिबासले जनाएको छ।

उनले १५ हजार रकम माग गरेकामा सेवाग्राहीबाट ५ हजार पहिले नै लिएको बताइएको छ।पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि अख्तियार कार्यालय बर्दिबास लगिएको छ।