
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बुद्ध मन्दिर नजिकबाट प्रहरीले संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।

जाजरकोट भेरी नगरपालिका–१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।
बिज्ञापन



सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले मनिरामले बोकेको झोला चेकजाँच गर्दा एउटा रेडपाण्डाको छाला फेला परेको थियो ।

उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।