
काठमाडौं महानगरपालिका–१३ स्थित बाफलबाट प्रहरीले जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ ।

स्थानीय राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।
बिज्ञापन



महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले जुवा खालबाट २ लाख ८६ हजार नगद बरामद गरेको छ ।

जुवा खालबाट ७ बुक तास र ३३ थान कौडा पनि बरामद गरिएको छ ।