
उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा एउटा निजी विमान खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो ।

इटालियन मिडियाका अनुसार विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए । उनीसँगै उनकी पत्नी र छोराको पनि मृत्यु भएको छ । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरूमध्येमा पर्दछन् ।
बिज्ञापन



दुर्घटनापछि अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भएको थियो । तर, जमिनमा रहेका कोही पनि घाइते भएनन् । दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ । केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटनाअघि नै आगोका लप्काहरू देखिएको बताएका छन् ।
