
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ ।




बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अवसर आए पनि विचारेर मात्र नया काम सुरु गनु होला कतै टाढाको यात्राको संभावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्यगत कमजोरीले सताउला मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, चिताएको काम पुरा नहुन सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला साथै मनमा पिडाले पनि सताउने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ ।