
बितेको २४ घण्टामा देशभर थप १ हजार ३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको पीसीआर परीक्षण हुँदा ५०१ महिला र ८०३ पुरुषसहित थप १३०४ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ भने बितेको २४ घण्टामा थप २०७३ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ
भने मृतकको संख्या १ हजार ५२९ पुगेको छ ।
बिज्ञापन



