दक्षिण कोरियामा गर्भवती र बालबालिकालाई कोभिड विरुद्धको खोप

एजेन्सी : दक्षिण कोरियामा गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई कोभिड –१९ विरुद्धको खोप लगाइने भएको छ । त्यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउने छन् ।

यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाखभन्दा बढी बालबालिका लाभान्वित हुने छन् ।

बिज्ञापन

गत जुलाइदेखि बालबालिकामा पनि संक्रमण तीव्र रूपमा बढेको पाइएपछि यो अभियान घोषणा गरिएको थियो । अगस्टमा मात्र उक्त उमेर समूहका ३,०५० बालबालिका सङ्क्रमित भएका थिए ।

त्यसैगरी १३६,००० गर्भवती महिलाहरूले पनि अब पहिलो मात्रा खोप लिने छन् । अध्ययन रिपोर्टअनुसार गर्भवती महिलाहरू सङ्क्रमित हुँदा अन्य भन्दा छ गुणा बढी जटिलता हुनसक्ने हुन्छ ।