
दमक । पछिल्लो समयमा राजतन्त्रको पक्षमा जनलहर बढिरहेको बेला संबिधान दिवसको पूर्वसन्ध्यामा गत राती झापा , मोरङ , सुनसरी र इलामका सडकमा रातारात गणतन्त्र बिरोधि नारा लेखिएका छन् भने पर्चापनि छरिएका छन् ।

जताततै सडकमा `गणतन्त्र मुर्दावाद , राजतन्त्र जिन्दावाद ´ लेखिएका छन् भने , `२०७२ संविधान खारेज गर , २०४७ संविधान लागू गर ´ लेखिएको पर्चा पनि छरिएको छ ।पूर्वाञ्चल वासी देशभक्त नेपाली जनता लेखिएको उक्त पर्चा मार्फत उक्त संगठनले यस कार्यको जिम्मेवारी लिएको छ ।
बिज्ञापन



पछिल्लो समय देशमा देखिएको व्यापक भ्रष्टाचार , बिदेशी शक्तिहरुको चलखेल , देशीविदेशी शक्तिबाट भएको राष्ट्रियता माथि प्रहार आदि कुराहरुले देशमा राजतन्त्रवादीहरुको जनलहर द्रुतगतिमा बढीरहेको छ भने यस घटना त्यसैको प्रतिबिम्बको रुपमा बुझ्न सकिन्छ ।
