
काठमाडौँ : सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको वाइबडी जाहाज आज (बिहीबार) चीन जाँदै छ । खोप लिएर जहाज शुक्रबार काठमाडौँ आइपुग्ने छ ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप यसअघि नै आइसकेको छ । निगमका अनुसार आज साँझ ५ः४५ बजे निगमको वाइडवडी बेइजिङतर्फ जाने छ ।



विमान शुक्रबार बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्ने छ । यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो । तर, पछि तालिका संशेधन गर्दै एक दिन पछाडि सारिएको हो ।

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो । जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो । तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ । जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो ।
नेपालमा यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका खोप आइसकेको छ ।