
काठमाडाैँ । नेपाली कांग्रेसका नेता महेश आचार्यले विपी कोइरालाको राजनीतिक तथा आर्थिक विचारहरुलाई अहिलेको नेतृत्वले अघि बढाउन नसकेको बताउनु भएको छ ।

बिज्ञापन



विपीले अघि सार्नु भएको आर्थिक नीतिहरुलाई कांग्रेस नेतृत्वले पछ्याउन नसकेको कारण कृषि अर्थतन्त्र र किसानहरुको अवस्थामा कमजोर भएकोले ठूलो संख्यामा युवाहरु रोजगारीका लागि विदेश पलायन हुनुपरेको बताउनु भयो ।

नियमित बिहानी टक सो छ प्रश्नमा बोल्दै नेता आचार्यले धर्ममा राजनीति मिसाउने काम गर्न नहुने बताउनु भयो । उहाँले धर्म र राष्ट्रियतालाई संकटमा पार्ने काम भैरहेको बताउनु भयो ।
राष्ट्रिय र लोकतन्त्रका लागि सबै शक्तिहरुबीच सहकार्य गरेर लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने उहाँको धारणा थियो ।
साभार: News24nepal