
काठमाडौँ : नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीतिर लागेका दुई सांसदको बारेमा सर्वोच्चले आज निर्णय दिने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेसी रहेको मुद्दामा सुनुवाइ सुरु भएको छ ।

प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभाकी सदस्य शारदादेवी भट्टले निर्वाचन आयोगले आफूले रोजेको नेकपा एसको पक्षमा सनाखत नगरेको भनी रिट दायर गरेका थिए । आयोगमा उनीहरु दल दर्ताका लागि निवेदन दिएको भोलिपल्ट मात्र पुगेका थिए ।
बिज्ञापन



आयोगले नयाँ दलको मान्यता दिनका लागि सनाखत लिँदा उनीहरुको नाम सुरुमा निवेदन दिने व्यक्तिहरुको सूचीमा नभएको भन्दै सनाखत गराएको थिएन ।

नाम नयाँ पार्टीमा समावेश नभएमा सांसद पद गुम्ने भएकाले उनीहरुले भदौ २३ गते रिट दायर गरेका थिए । तर उनीहरुको रिट पेसी चढ्ने अनि हट्ने हुँदै आएको छ ।