संखुवासभामा हत्या प्रकरणमा प्रहरीले अनुसन्धान थाल्यो

संखुवासभा : संखुवासभामा हत्या प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । संखुवासभाको मादी नगरपालिका-१, उमलिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाबारे प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेकोे हो । सामूहिक हत्या प्रकरणमा तालिमप्राप्त कुकुरसहित पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक ( एसपी) भीम दाहालले जानकारी दिए ।

सोमबार रातभर पानी परेका कारण मंगलबार बिहानमात्रै कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी दाहालले बताए । आइतबार राति उमलिङस्थित बौद्धमान कार्कीकी श्रीमती, छोराबुहारीसहित परिवारका ६ जनाको हत्या भएको थियो । अज्ञात समूहले बौद्धमान कार्कीकी श्रीमती पावर्ती कार्की, छोरा तेजबहादुर कार्की, उनकी श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमाको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको थियो ।

बिज्ञापन

पाँच जनाको भाग्दा भाग्दै र एक जना वृद्ध महिलाको सुतेकै अवस्थामा हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । नीहरूको हत्या कसले र किन गर्‍यो भन्ने भन्‍नेबारे अध्ययन सुरु भइसकेको छ । यस्तै घटनाबारे सीआईबीले पनि काठमाडौंबाटै प्राविधिक अनुसन्धान सुरु गरिसकेको छ। घटनामा परिवारका एक जना सदस्य भने जीवित नै छन् ।