बाटो नबनाएको भन्दै गाउँपालिका अध्यक्षको कठालो समातेपछि यस्तो भयो हेर्नुहोस्

काठमाडौं : एम्बुलेन्सका लागि फोन गर्दा जनतालाई ढाटेको भन्दै स्थानीयहरूले एक गाउँपालिका अध्यक्षको कठालो समातेका छन्। दोलखाको मेलुंग गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठको सोही ठाउँका नागरिकहरूले कठालो समातेर तानेका हुन् ।

गाउँपालिकाको  मुकुनेमा गम्भीर बिरामीलाई बोक्न एम्बुलेन्सका लागि समेत बाटो नबनाएको भन्दै कठालो समातेको बताइएको छ।

बिज्ञापन

स्थानीय जनकबहादुर तामाङलाई उपचारका लागि काठमाडौं लैजान गाउँपालिकामा बाटो नभपछि उनलाई फोन गरिएको थियो। बाटामा एम्बुलेन्स फसेर जनकबहादुरलाई त्यहाँबाट बोकेर लैजान गाह्रो भएको भन्दै बाटो सफा गरिदिन स्थानीयले आग्रह गरेका थिए।

उता उनले पनि सफा गर्ने बताएका थिए।  अध्यक्ष श्रेष्ठलाई बिरामी लिन आएको गाडी बाटोमा हिलामा फसेको जानकारी गराउँदै डोजरले बाटो सफा गरिदिन आग्रह गरिएको थियो।