
नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी बाँकी विवाद आजै टुंगो लगाइने भएको छ। पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला , डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले आज साँझ ५ बजेभित्रमा प्रतिवेदन बुझाउने जनाएको छ।

समितिले अधिकांश विवादबारे सहमति जुटाएपनि बारा, सप्तरी र रौतहटका विषयमा सहमति बनिसकेको छैन। ती जिल्लामा पुरानै सदस्यताबाट अधिवेशन गराउने वा प्रक्रिया पुगेबाहेकका सदस्यतालाई मात्रै स्थगन गर्ने भन्नेमा सहमति जुटेको छैन।
बिज्ञापन



समितिका सदस्यहरु अहिले आन्तरिक छलफलमा छन्। अपराह्न १ बजेपछि बालुवाटारमा समितिको बैठक बस्ने छ। सोही बैठकबाट अन्तिम टुंगो लगाएर ५ बजे प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने बताइएको छ।
