बारामा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

बारा : मोटरसाइकल एकआपसमा ठोक्किँदा बारामा तीन जनाको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा गएराति दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

प्रहरीले जनाएअनुसार प्रदेश २-०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएर भएको दुर्घटनामा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको छ। दुर्घटनामा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका-९ का १६ वर्षीय विकास साहको मृत्यु भएको छ।

बिज्ञापन

त्यसैगरी दुर्घटनामा प्रदेश २-०३–००२ प ५३ ३५ नम्बरको मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैनादेवी साहको पनि मृत्यु भएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।