
एजेन्सी : बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि मेम्फिस डिपेले गोल गर्दै क्लबलाई हारबाट जोगिए ।

५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
बिज्ञापन



बार्सिलोना खेलको इन्जुरी समयमा १० खेलाडीमा सिमित भएको थियो । बार्सिलोनाका ईरिक ग्रासियाले रातो कार्ड पाएर मैदान बाहिरिएका थिए ।

बराबरीसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बिल्बाओ २ खेलमा २ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।