
काठमाडौँ : जनता समाजवादी पार्टीको महन्थ ठाकुरपक्षले आज काठमाडौंमा भेला आयोजना गर्ने भएको छ । साउन २२ गतेदेखि देशव्यापी रुपमा भइरहेको अगुवा कार्यकर्ता भेला अन्तर्गत ‘बागमती प्रदेशको अगुवा कार्यकर्ता भेला’ शनिबार बिहान साढे ११ बजे कालिकास्थानस्थित अमृत भोग पाटी प्यालेसमा आयोजना हुने उक्तपक्षले जनाएको छ ।

भेलालाई महन्थ ठाकुर, राजेन्द्र महतो, शरद सिहं भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण र गणेश योञ्जन लगायत महत्वपूर्ण वक्ताहरुको उपस्थिति रहने जानकारी छन् । निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि महन्थ पक्ष देशव्यापी कार्यकर्ता भेलामा जुटेको हो । यसअघि मधेशका विभिन्न जिल्लामा महन्थ पक्षका अगुवा कार्यकर्ता भेला सम्पन्न गरिसकेको छ ।
बिज्ञापन



