श्रीमान – श्रीमतीको भयो एकै रात मरण, जलाईयो एउटै चितामा | OmkarTimes.com

इटहरी । इटहरी–१३ खनारमा श्रीमतीको मृत्यु भएकै दिन श्रीमानको मृत्यु भएको छ ।

 

बिज्ञापन

श्रीमती ७८ बर्षिय नर्वदा भट्टराईको मङ्गलबार ७ः४५ बजे मृत्यु भयो । घर परिवारमा रुवाबासी हुँदा हुदै नर्वदाका ८६ बर्षिय श्रीमान टिकाप्रसाद भट्टराईको हर्ट अट्याक भएर मृत्यु भएको आफन्तले बताएका छन् ।

 

एकै दिन मृत्यु भएका दुवै जनाको शबलाई एकै चितामा दाहसस्कार गरेको आफन्तले बताएका छन् । एउटै तिथिमा श्रीमान श्रीमतीको मृत्यु हनु अनौठो भएको मलामी आएकाहरुले बताएका छन् ।