
दमक। झापाको दमकमा रहेको दमक अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। दमक उद्योग वाणिज्य संघद्धारा सञ्चालित महामारी नियन्त्रण अभियानको पहलमा सो सामाग्री हस्तान्तरण गरिएको हो।

प्रकाश प्रसाइ संयोजक रहेको सो अभियानले लायन्स क्लब इन्टरनेसनल मल्टिपल डिस्ट्रिक 325A1 सँगको सहकार्यमा सो सामाग्री उपलब्ध गराएको थियो। ति सामाग्री आज वाणिज्य संघमा एक कार्यक्रम गरी अस्पताललाई हस्तान्तरण गरिएको हो। प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोम नाथ ओलीले सामाग्रीहरू अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गर्नु भएको थियो।



कार्यक्रममा उवासंघका अध्यक्ष गोकुल श्रेष्ठ, बिमल शर्मा, कृष्ण राज दाहाल, रेगिना भट्टराई, काशी खाति, बबरजंग थापा, रमा लिम्बु, अजय अग्रवाल, रेवतबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम राजन खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
