
बर्खा लागेपछि लामखुट्टेले तपाईलाई हैरान बनाएकाे हाेला । नेपालकाे केही हिमाली जिल्लाबाहेक अधिकाँश स्थानमा लामखुट्टे लाग्ने भएकाेले यसकाे नियन्त्रणका लागि कसैले मार्ने मेसिन, झुल वा बगाउने धुप किन्नु भएकाे हाे । तर आज हामीले लामखुट्टेसम्बन्धी रोचक तथ्यहरू लिए आएका छौं । -केवल पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्छ भने भाले लामखुट्टे शाकाहारी हुन्छ ।

-विश्वमा ३५०० भन्दा बढि प्रकारका लामखुट्टे पाइन्छन् । यो धर्तीमा २० करोड वर्ष पहिलेबाट रहँदै आएको छ । -लामखुट्टे २ फिट प्रतिसेकेन्डको गतिमा उड्न सक्छ भने ४० फिटभन्दा माथि उड्न सक्दैन । -लामखुट्टे लगभग १६ मिलिमिटर लामो र २.५ मिलिग्राम वजन भएको हुन्छ । -लामखुट्टेले टोक्नेमात्र नभई रगत चुसेर सकेपछि छालामा पिसाब समेत गर्छ ।



लामखुट्टेको पँखेटा एक सेकेन्डमा ५०० पटक फटफटाउने गर्छ । -आइसल्यान्डमात्र यस्तो देश हो जहाँ लामखुट्टे पाइँदैन । -पोथी लामखुट्टे एक पटकमा ३०० अण्डा दिन सक्छ । -यदि लामखुट्टेले रगत चुस्न नपाएमा नयाँ बच्चा पैदा गर्न सक्दैन । -इतिहासका सबै युद्धमा भएका मानिसको मृत्यु संख्याभन्दा बढि लामखुट्टेको टोकाइबाट मृत्यु भएको छ ।
