कोरोना बढेपछि सीसीएमसी बैठक बस्दै, काठमाडौंमा कडाइ गरिने

काठमाडौं । कोरोना संक्रमण बढेपछि सीसीएमसी निर्देशक समितिको बैठक आज सिंहदरबारमा बस्ने भएको छ ।

आज (शुक्रबार) अपरान्ह ४ बजेका लागि बैठक राखिएको हो । सीसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनेछन् ।

बिज्ञापन

पछिल्लो साता नेपालमा निषेधाज्ञा खुकुला भएसँगै कोरोना संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो साता दैनिक संक्रमण बढेर ३ हजार नाघेको छ ।

आज बस्ने बैठकमा कोरोना रोकथाम, नियन्त्रणबारे छलफल हुने बताइएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा भए पनि सार्वजनिक गाडीसमेत सञ्चालन हुनेगरी खुकुलो पारिएको छ । उक्त निषेधाज्ञालाई कायमै राख्दै कडाइ गर्ने तयारी रहेको छ ।

के–केमा कडाइ गर्नेबारे बैठकले निर्णय गर्नेछ ।

बिहीबार मात्र देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।