
काठमाडौं । यति एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको छ । नेपालगञ्जबाट आएको विमान अवतरणका क्रममा बिहान ११ः६ मा धावनमार्गमा चिप्पिएको हो ।

बिज्ञापन



एटीआर–७२ विमानमा चालक दलका सदस्यसहित ७० जना यात्रु सवार थिए । दुई जना यात्रु घाइते भएका छन् ।

विमान दुर्घटनासँगै विमानस्थल अवरुद्ध भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानलाई सुरक्षित स्थानमा लैजाने कार्य भइरहेकोले अझै केही समय लाग्ने जनाइएको छ ।