बियरको बोतलमा नेपालको झण्डा राखेर यो कम्पनीले गर्यो राष्ट्रिय झण्डाको अपमान

काठमाडौं । नमस्ते ब्राण्डमा बियर उत्पादन थालेको जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज अन्तर्गतको राज ब्रुअरी प्रालिले नेपालको राष्ट्रिय झण्डाको अपमान गरेको देखिएको छ ।

 

बिज्ञापन

राज ब्रुअरीले उत्पादन गरी झण्डै एक वर्षदेखि बजारमा ल्याएको नमस्ते ब्राण्डको बियरका लागि बनाइएको लेभलको डिजाइनमा प्रष्ट रुपमा नेपाली झण्डाको अपमान गरिएको देखिन्छ ।

 

कम्पनीले नेपाली झण्डामा सामान्य ट्वीस्ट गरी दुरुस्तै देखिने डिजाइनसहित बियरमा प्रयोग गरेको पाइएपछि यस्तो लेभललाई स्वीकृति दिने निकायका कर्मचारीदेखि उद्योगीलाई समेत कारबाहीको माग उठेको छ ।

 

राज ब्रुअरीले भने नेपालको राष्ट्रिय झण्डालाई दुरुस्तै प्रयोग नगरिएको जिकिर गर्दै यो लेभल थाइल्याण्डका डिजाइनरले बनाएका र यसमा १ करोड खर्च लागेको समेत बताएको छ ।

 

उसले आफूहरुले झण्डाको दुरुपयोग नगरेको जिकिर गरेको छ । तर, कम्पनीका अधिकारीहरुले झण्डाको अपमान भएको बिषयमा भने केही पनि बोल्न चाहेका छैनन् ।