रामजानकी मठका पुजारीको करेन्ट लागेर मृत्यु

रामजानकी मठका एक पुजारीलाई करेन्ट लाग्दा मृत्यु भएको छ । सर्लाहीको विष्णुपुर गाउँपालिका वडा नम्बर ८ बस्ने ६० वर्षिय पुजारी किशोरी दास वैरागीको करेन्ट लागेर मृत्यु भएको हो ।पुजारी वैरागीको भजन किर्तनको लागि मन्दिरको बरन्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

पुजारी वैरागी बसवरिया गाउँपालिका वडा नम्बर ६ स्थित सोहडवामा रहेको रामजानकी मठमा विगत ४५ वर्ष देखि पूजापाठ गर्दै आएका थिए ।करेन्ट लागेर मृत्यु भएका पुजारीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

बिज्ञापन