वन्यजन्तुको अङ्गसहित तीनजना पक्राउ

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र बाँके जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शनिबार साँझ नेपालगञ्जको एक गेष्टहाउसमा छापा मारेर  वन्यजन्तुको अङ्ग कारोबार गर्दै आइरहेका तीनजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा दाङ्गको घोराही उपमहानगरपालिका–४ का ४९ वर्षीय भक्तबहादुर पुन, सोही स्थानका ४१ वर्षीय केशव पुन र दाङ्गकै शान्तिनगर गाउँपालिका–१ का रोविन बुढा छन् ।

गोप्य सूचनाका आधारमा नेपालगञ्ज उपमहानरपालिका–१, पुष्पलालचोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० मा प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट दुर्लभ वन्यजन्तु रेण्डापाण्डा (हाब्रे) को छाला थान एक र भालुको ४ वटा पित्त बरामद भएको प्रहरीले जनाएको छ ।बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार बाँकेको जिल्ला वन कार्यालयले यसबारेमा थप अनुसन्धान थाल्दै छ ।

बिज्ञापन