पेस्तोल, म्याग्जिन र गोलीसहित ३ जना पक्राउ

सर्लाहीकाे ब्रहमपुरी गाउँपालिका–२ बाट पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार २ थान पेस्तोल, सो पेस्तोलमा लाग्ने १७ राउण्ड गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सेट बरामद गरिएकाे हाे ।

बिज्ञापन

पक्राउ पर्नेमा ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर घर भएका २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाट छन् ।