
सन् २०२२ मा उज्बेकिस्तानमा हुने एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । एएफसीले सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो ।
बिज्ञापन



वेस्ट जोनको छनोटमा रहेका ४२ टोलीलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ । समूह ‘बी’ का छनोट खेलहरू आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।

११ समूहमा रहेका शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।
यस्तै समूहमा दोस्रो स्थानमा रहेका मध्ये उत्कृष्ट चार टोली पनि एसियन कपमा छनोट हुनेछन् । उज्बेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ ।