नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

काठमाडौँ : नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।

बिज्ञापन

पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाएर सडक खुनालउने प्रयास भइरहेको कार्यालयले जनाएको छ । बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।