ट्युनिसियामा डुङ्गा दुर्घटना:  कम्तीमा ८० जनाको मृत्यु

काठमाडौं । ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायका अनुसार बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको छ ।

माझीहरूले दुर्घटनाग्रस्त डुङ्गाबाट चार जनालाई जीवितै उद्धार गरी अस्पताल पठाइएकोमा एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

बिज्ञापन

दुई जनाको ट्युनिसियाको जार्जिसमा यूएनएचसीआरको सहयोगमा उपचार भइरहेको छ भने एक जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ ।