
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्तले बुधबार बहस सुरु गर्ने बताइएको छ । पन्तपछि पूर्व महान्यायाधिवक्ता अग्नि खरेल र बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गर्नेछन् ।

डा. भण्डारीलाई ४५ मिनेट समय छुट्याइएको छ । प्रधानमन्त्रीका कानुन व्यवसायीका लागि बहस गर्न ७ घण्टा समय छुट्याइएको छ । सरकारी वकिलले ५५ मिनेट बहस गरेपछि प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस सुरु हुनेछ ।
बिज्ञापन



बुधवार ५५ मिनेटभित्र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरू गोपालप्रसाद रिजाल, संजीवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्नेछन् ।
