
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा नम्बर वान गोलरक्षक किरण चेम्जोङले आईलिग फ्यान सिजन अवार्ड जितेका छन् । किरणले आइ लिग फ्यान सिजन अवार्डमा गोलकिपर अफ दि सिजन अवार्ड जितेका हुन् ।

उनले गत सिजन भारतको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता हिरो आईलिगमा राउण्ड ग्लास प्जावबाट खेलेका थिए । आईलिगले सोमबार किरणले यस अवार्ड जितेको जनाएको छ ।
बिज्ञापन



राउन्डग्लास पञ्जाब एफसीबाट खेलेका किरणले खेलेका १४ मध्ये ७ खेलमा क्लिन सिट राखेका थिए । त्यस्तै उनले सबै खेलमा गरि ५६ वटा प्रहार जोगाएका थिए । उनले ८२ प्रतिशत बल जोगाएका थिए ।

समर्थकको नजरमा आई लिगको उत्कृष्ट गोलकिपर चुनिएपछि किरणले सामाजिक सञ्जालमार्फत आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् । समर्थक विना आफ्नो यात्रा शून्य रहने उल्लेख गर्दै किरणले आफू सधै समर्थकको साथले सफल भएको जनाएका छन् ।