दुई महिनापछि चल्न थाल्यो उपत्यकामा सार्वजनिक सवारी

काठमाडौं : संघीय राजधानी काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक सवारीका साधन चल्न थालेका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर(बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी उक सातालाई निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए । यो निर्णयसँगै ठीक दुई महीनापछि सार्वजनिक सवारी सञ्चालनमा आएको हो । उक्त निर्णय अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् ।

बिज्ञापन

बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ । । काठमाडौं उपत्यकामा निजी सवारी साधन भने यसअघि नै जोर/बिजोर प्रणाली अनुसार नै सञ्चालनमा आइसकेका छन् ।