
काठमाडौँ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोडिने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सो आयोजनालाई राष्ट्रिय प्रणालीमा जोड्ने जनाएको छ ।

प्राधिकरणका अनुसार सो कार्य आइतबारदेखि असार १९ गतेसम्म हुनेछ ।
सोही कारण खिम्ती–लामोसाँघु १३२ केभी प्रशारण लाइन बन्द हुने जनाउँदै सो अवस्थामा प्रणालीमा विद्युत अपुग हुने भएकाले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको छोटो समयका लािग विद्युत कटौती हुन सक्ने सम्भावना रहेको छ ।
बिज्ञापन



प्राधिकरणले सो काम समय अगावै कार्य सम्पन्न भएमा सोही अनुसार विद्युत सूचारु हुने पनि जनाएको छ । सो परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी यथासम्भव विद्युत कटौतीको समय कम गर्न प्रयास गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।
