
काठमाडौं । १६औं संस्करणको युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा शतप्रतिशत जित निकाल्दै नकआउटका चरणमा प्रवेश गरेको छ ।

मंगलबार बिहान सम्पन्न भएको खेलमा फिनल्यान्डमाथि २-० गोलको सहज जित निकाल्दै बेल्जियम अन्तिम १६ मा पुगेको हो । बेल्जियमले यसअघि रसिया र डेनमार्कमाथि सहज जित निकालेको थियो ।



बेल्जियमको जितमा रोमेलु लुकाकुले १ गोल गरे भने अर्का गोल उपहार पाएको थियो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको खेलको ७४औं मिनेटमा बोल्जियले अग्रात लिएको थियो । फिनल्यान्डका गोलकिपर लुकास राडिकेले आफ्नै पोस्टमा गोल गरेपछि बेल्जियमले अग्रात लिएको थियो ।
त्यस्तै ८१औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे। उनले डि बुएनको पासमा गोल गरेका थिए।
उक्त जितसँगै बेल्जिमयले समूह चरणमा ९ अंक जोड्यो । डेनमार्क, रसिया र फिनल्यान्डको समान ३-३ अंक रहेपनि तीन टोलीबीच नतिजामा डेनमार्क गोलअन्तरको आधारमा दोस्रो रहँदै नकआउट चरणमा प्रवेश गर्यो ।
फिनल्यान्ड ३ अंकका साथ तेस्रो स्थानमा छ र अन्य समूहको नतिजा कुर्नेछ । रसिया भने पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ