युरो कप – आज तीन खेल हुदै

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा आज बिहिवार तीन खेल हुदैछ । आज ६ वटा राष्ट्रले समूह चरण अन्तर्गत दोस्रो खेल खेल्दै छन् ।

नेपाली समयअनुसार आज हुने पहिलो खेलमा बेलुका ६ः४५ बजे युक्रेन र नर्थ मेसडोनियाले प्रतिस्पर्धा गर्ने छन् ।

बिज्ञापन

त्यस्तै दोस्रो खेलमा आज फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले डेनमार्कसँग नेपाली समयअनुसार राति ९ः४५ बजे प्रतिस्पर्धा गर्ने छ । यो खेल डेनमार्कमा हुनेछ ।

बेल्जियम समूह ‘बी’को शीर्ष स्थानमा छ भने डेनमार्क पुछारमा छ । यसअघि बेल्जियमले रसियालाई हराएको थियो भने डेनमार्क फिनल्यान्डसँग पराजित भएको थियो ।

यस्तै, आज नेदरल्यान्ड्सले अस्ट्रियासँग खेल्दै छ । यो खेल राति १२ः४५ बजे हुने यो खेल नेदरल्यान्ड्सस्थित जोहान क्रुफ एरिनामा हुनेछ । अघिल्लो खेलमा युक्रेनमाथि जित निकालेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।

अस्ट्रिया भने शीर्ष स्थानमा छ । उसले आफ्नो पहिलो खेलमा नर्थ मेसडोनियामाथि जित दर्ता गरेको थियो ।