

त्यसको पूर्वसन्ध्यामा सरकारको प्रवक्ताको जिम्मेवारी पाएका कुमार खड्काले भने, ‘उहाँसँग मुख्यमन्त्री (कृष्णचन्द्र नेपाली पोखरेलसँग) अहिले अर्थमन्त्रालय पनि छ । बजेट नीति तथा कार्यक्रम पनि उहाँले नै वाचन गर्नुहुन्छ ।’



नेपाली कांग्रेसका पोखरेल शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनीसँगै चार मन्त्रीले सपथग्रहण गरे पनि मन्त्रालय बाँडफाँट गरिएको छैन । सबै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफू मातहत राखेका छन् ।

छोटो समयमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यतामा रहेका उनले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने सरकारका प्रवक्ता खड्काले बताए ।
मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्नेबारे पनि निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिए । प्रवक्ता खड्काले नवगठित सरकारले चाँडै विश्वासको मत लिने योजनामा रहेकोसमेत जानकारी दिए ।