पोखराका पत्रकार यज्ञराज बाँस्तोलाको कोरोनाबाट निधन

पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ । बाँस्तोलाको कोरोना संक्रमणका कारण पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।

 

बिज्ञापन

रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकार बास्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन् । उनी आनन्द मार्ग प्रचारक संघका सल्लाहकारसमेत हुन् । पत्रकार बाँस्तोला दुई साता अघि कोरोना संक्रमित भएका थए ।

 

बाँस्तोलाको यही जेठ २५ गतेपछि चरक मेमोरियलमा​ उपचार भइरहेका थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

कास्कीको पुरन्चौरमा जन्मिएका बाँस्तोलाका श्रीमती, ३ छोरा र एक छोरी छन् ।