फेसबुक च्याटको बिषयलाई लिएर बालकहरु बीच खुकुरी हानाहान

पोखरा । पोखराको बगरमा फेसबुक च्याटको बिषयलाई लिएर खुकुरी हानाहन भएको छ । बगरस्थित नयाँगल्लीमा सोमबार आज दिउँसो करिब साढे १ बजे खुकुरी हानाहन भएको थियो ।

 

बिज्ञापन

फेसबुक च्याटको विषयलाई लिएर १५ र १६ वर्षे बालकहरुबिच खुकुरी हानाहान भएको हो । केटी साथीबिच भएको च्याटको विषयलाई लिएर खुकुरी आक्रमण भएको श्रोतले बताएको छ ।

 

कास्कीकोट घर भई बागलुङ बसपार्क बस्ने १६ वर्षका विपिन सुवेदी, १६कै दिपेश सेन्चूरी, १७का निकेश पुन, भुवन मगर र लोप्चन राईले अर्को समूहलाई खुकुरीले आक्रमण गरेका थिए ।

 

अर्को समूहमा बगर बस्ने १६ वर्षीय विजय लामा, सोही स्थान बस्ने १५ वर्षीय विकास तामाङ,अधेरीकुना बस्ने १७का राजन शर्मा र मिरुवाका १७ वर्षीय मिन भण्डारी छन् ।

आक्रमणमा लोप्चनको औँला काटिएको छ भने विजयको टाउकोमा चोट लागेको छ ।