हप्ता दिनको अन्तरमा कोरोनाबाट बस्नेत दम्पतिको मृत्यु

झापा । झापा बिर्तामोडका एक दम्पतिको  हप्ता दिनको अन्तरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनीहरुको मृत्यु भएको हो ।

 

बिज्ञापन

श्रीमानको मृत्यु भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार मृत्यु भएको थियो । उनको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो ।

 

श्रीमानको निधन भएको एक सातापछि हिजो शनिबार श्रीमती ५६ बर्षीया संगीता बस्नेतको मृत्यु भएको छ ।

 

बस्नेतको उपचारको क्रममा दिउँसो मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए ।

पहिला श्रीमान गणेशबहादुरलाई  काठमाण्डौ जाँदा संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको हुन सक्ने बस्नेतले जानकारी दिए ।